• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

८४ बर्षीय आमाले ओलीलाई आर्शिवाद दिदैँ भनिन् “हामिलाई भत्ता दिनेको दर्शन पायौँ”


  • धनकुटा खबर
  • .

बैतडी। बैतडी जिल्ला दशरथचन्द नगरपालिका–०५की हरुलीदेवी थापा ८४बर्ष पुगिन् । बिहिबार नेकपा (एमाले)का पार्टी अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओली बैतडी आएको सुन्दा थापा पाको उमेरमा उनलाई भेट्न आइन् । ओलीको कार्यक्रम तय भएका अन्य ठाउँहरुमा पुग्न नसकेकी थापा त्रिपुरा सुन्दरी मन्दीरमा पुग्दा ओली पनि मन्दीरको दर्शनका लागि मन्दीरमै थिए ।

बृद्धा थापालाई बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारीले ओलीसंग भेट गराइदिए । उनले सबै जनताको घरघरमा सुबिधा पु¥याउनु भन्दै आर्शिवाद दिइन् । ओलीले मुस्कुराउदैँ बृद्धाको आर्शिवाद ग्रहण गरे ।

ओलीसंग भेटेर फर्केकी थापा केहि समयमा आफ्ना दौँतरी हरुसंग बस्दापनि दर्शन गर्न पाइयो भनिरहेकी थिइन् “हामीलाई बुढा हुने वित्तिकै बृद्धाभत्ता दिनेको दर्शन गर्न पाएँ, यसरी भेट हुने कुरा मैले सोचेकै थिइँन, उहाँ भएको ठाउँमा हामीलाई कस्ले पु¥याइदिन्थ्यो र ?, उहाँ आफै हाम्रो ठाउँमा पुग्नुभयो,’ दामोदर भण्डारीलाई देखाउँदै थापाले भनिन्,“उहाँले भेटाइदिनुभएको हो, भाग्यमा रैछ र पो दर्शन पाइयो, उहाँले हामीलाई सबथोक दिएकै छ, अस्पतालमा उपचार सित्तैमा हुन्छ, बर्षमा ४पटक भत्ता पाइन्छ ।” उनले भनिन् ।

यसैगरी दशरथचन्द नगरपालिका–०४ तिरगाउँकी ८५ बर्षिय धाना बोकटीपनि ओली भेट्न सकिनसकि सदरमुकाम पुगिन् ।

उनले भनिन् “पहिला केहिपनि थिएन्, अहिले हेर्नुस् त जताततै गाडी चलेकाछन्, झरो बालेर रात कटाइन्थ्यो अहिले अहिले बिजुली बाल्न पाएका छौँ, मोबाइल फोनमा कुरा गर्न पाएका छौँ, पहिला केहि थिएन्, अझै धेरै बर्ष बाँच्न पाए के–के कुराहरु पो देखिने हो । यो सबै सुबिधा दिने, हामी बुढाबुढीलाई भत्ता दिने व्यक्ति हाम्रो ठाउँमा आउदाँ खुसि लागेको छ ।”

ओली बैतडीका आउदाँ बुढापाकाको मनमा भत्ता दिने व्याक्ति संगको भेटहुने कुराले खुसि तुल्याएको थियो ।

वि.स.२०५१ सालमा तत्कालिन सरकारको नेतृत्व नेकपा (एमाले)ले गर्दाका बखत सामाजिक सुरक्षा भत्ताको कार्यक्रम लागु भएको हो । तत्कालिन पार्टी महासचिव मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ केपी ओली गृहमन्त्री थिए ।

चुनाव अघि कम्युनिष्ट पार्टीले जिते बुढापाकालाई गोलि ठोकि मार्छन् भन्ने प्रचार भएपनि अन्ततः एमाले नेतृत्वकै सरकारले बृद्धबृद्धा र एकल महिलाहरुलाई मासिक १सय रुपँया भत्ता प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । अहिले उक्त भत्ता विभिन्न समयमा बृद्धि हुदैँ अहिले मासिक ४हजार रकम सम्म पुगेको छ । -सीपी लोहिया/स्टार बुलेटिन

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖