• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली युवाहरुलाई अवैध रुपमा रुसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।

यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

रुसी सेनामा भर्ती भएका ६ जना मारिएको जानकारी आएपछि सरकारले सेनामा रहेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन कूटनीतिक नोट पठाएको छ ।

युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवाहरुलाई पनि लगेको आशंका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖