• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यौन बार्गेनिङ : एकरातको पाँच हजारदेखि ७० हजारसम्म !


  • धनकुटा खबर
  • .

काठमाडौं । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका पाँचजना सदस्यहरुलाई पक्राउ गरेको छ । कार्यालयले युवतीहरुलाई यौनकार्यमा लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–३ घर भएका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गा लिखु–७ घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी–६ घर भएका ४४ वर्षीय सेते सार्की, सल्यान कपुरकोट–५ घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट बिदुर–६ घर भएका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान बढाइएको कार्यालयले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिलाई अनलाइनमार्फत सम्पर्क गरेर युवतीलाई यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई गोप्य सूचनाको आधारमा प्रहरी आफैँ ग्राहक बनेर खोजी गर्दा पक्राउ गरेको हो । ग्राहक बनेर प्रहरीले एउटा युवती चाहिएको छ भनेर फोन गरेपछि उनीहरुले ग्राहक नै सम्झेर १० जना युवतीको फोटो देखाएका थिए ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई उनीहरुले ग्राहक सम्झेर फोन गरेका थिए । फोटोमा देखाइएका युवतीहरुको फरक–फरक मूल्य समेत राखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत बताउँछन् ।

अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारीका अनुसार फोटो देखाइएका युवतीहरुको एक रातको मूल्य पाँचहजार देखि ७० हजारसम्म तोकिएको थियो । त्यसमा पनि उनीहरुले कुनकुन सेवा लिने भन्नेमा थप रकमबारे बार्गेनिङ गर्थे ।

सोहीअनुसार उनीहरुले युवतीलाई तयारी समेत गरेको पाइएको छ । पछिल्लो समय अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको सूचना प्रहरीको पुगेपछि प्रहरी आफैँ ग्राहक बनेर गिरोहसम्म पुगेको हो ।

पक्राउ परेका मध्ये सिन्धुलीका सेते सार्की मूख्य आरोपी रहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖