• Thursday 8th of October 2026

ब्याटरले क्रिकेट बल हातले समाएपछि…


  • धनकुटा खबर
  • .

एजेन्सी – क्रिकेटमा समय समयमा रोचक घटनाहरु घट्ने गर्दछन् । ढाकामा जारी बंगलादेश र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट खेलको क्रममा एक रोचक घटना घटेकोछ । ढाकामा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले कमजोर ब्याटिङ गरेको छ ।

त्यसैक्रममा मध्यक्रमका प्रमुख ब्याटर मुश्फिकुर रहिम बल समाउन खोज्दा आउट हुन पुगेका छन् । तीव्र गतिका बलर काइल जेमिसनको ४१ औं ओभरको चौथो बलमा उक्त घटना घटेको हो ।

जेमिसनको लेन्थ बल रहिमले स्ट्रोक गरेका थिए । तर उक्त बल ब्याटले रोकेसँगै लगत्तै उनले हातले समाएर फालेका थिए । वाइड र स्टम्पबीचमा रहेको उक्त बल रहिमले हातले रोक्दै फाल्न पुगेका थिए । रहिम स्टम्प माथि रहेको अनुमान गर्दै बल हातले रोकेर न्युजिल्यान्डका फिल्डरलाई दिन खोजेका थिए । तर जेमिसनले आउटको अपिल गरेका थिए ।

अम्पायरले रिभ्युमा हेर्दै उनलाई आउट दिएका थिए । अम्पायरले बल ह्यान्डलिङको रुपमा उनलाई आउट दिएका हुन् । टेस्ट क्रिकेट इतिहासमा बल ह्यान्डलिङको रुपमा आउट हुने उनी सातौं खेलाडी हुन् । क्रिकेटको नियम अनुसार कुनैपनि ब्याटरले बल हातले रोक्न पाउँदैन । ब्याटले भने रोक्न पाउछन् ।

रहिम ८३ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । दोस्रो सेसन चलि रहँदा बंगलादेश १५४–९ को अवस्थामा छ । शाहदत हुसेन ३१, मेहेदी हसन मिराज २० र महमुदुल हसन जोय १४ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका मिचेल सान्टनार र ग्लेन फिलिप्सले ३–३ विकेट लिए । अजाज पटेलले २ विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा बंगलादेश १–० ले अघि छ । बंगलादेश पहिलो खेलमा न्युजिल्यान्डलाई १ सय ५० रनले हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖