• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ब्याजदर अझै घट्छ : गभर्नर अधिकारी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको ब्याजदर अझै घट्ने बताएका छन् ।

आज अर्थ समितिको बैठकमा उनले पछिल्ला महिनाहरुमा ब्याजदर घटेको र अझै घट्ने बताएका हुन् ।

देशको समग्र आर्थिक अवस्था कस्तो छ भनेर समितिले गभर्नरलाई छलफलका लागि बोलाएकोमा जवाफ दिँदै गभर्नरले ब्याजदर घट्दै जाने बताए ।

उनले अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशत, एकल अंकमा झरेको बताए ।

२०७९ माघमा वाणिज्य बैंकहरूको भारित औसत कर्जाको ब्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖