काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एमाले (तत्कालीन माले) का संस्थापक नेता हुन् । उनले डेढ दशकभन्दा बढी नेकपा एमालेको प्रमुख भएर काम गरे । अहिले बुढेसकालमा उनी एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष छन् ।
जुन पार्टीमा नेता नेपालले आफ्नो जीवनको ऊर्जाशील समय खर्चिए, अहिले त्यही एमाले पार्टीका नेता–कार्यकर्ताबाट उनी अपहेलित र आलोचित छन् । एमालेका नेता कार्यकर्ताहरु माधव नेपालको नाम सुन्न रुचाउँदैनन् । शायद राजनीति यस्तै निर्मम हुने गर्दछ । नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाएपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको तारो बनेका छन् । यही भएर एमाले नेताहरुले एकीकृत समाजवादीका अन्य नेतालाई पार्टीमा तान्ने र माधव नेपाललाई एक्ल्याउने बताउँदै आएका छन् ।ज्ञानु घिमिरे
