• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नवराज विक सहित ६ युवाको हत्याका सन्दर्भमा अदालतको फैसला ऐतिहासिक : गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले रुकुम पश्चिम सोती गाउँमा सङ्गठित र योजनाबद्ध रूपमा भएको नवराज विकसहित ६ युवाको हत्याका सन्दर्भमा अदालतले गरेको फैसला ऐतिहासिक रहेको बताएका छन् ।

उनले अदालतको उक्त फैसलाले जातीय विभेद र छुवाछुतको आडमा हुने अपराधका विरुद्धमा हाम्रो न्याय प्रणाली सशक्त रूपमा उभिएको छ र नेपालको न्यायिक इतिहासमा यो फैसलाले एउटा युगान्तकारी नजिर स्थापित गरेको पनि उल्लेख गरेका छन् ।

उनले अदालतले जस्तै हाम्रो समाजले नवराजहरूलाई न्याय र सम्मान दिन तथा जातीय विभेद र छुवाछुतकै कारण अझै समाजमा विभेद भोग्नुपरेका धेरै युवाले नवराज बिकको नियति भोग्नु नपर्ने परिस्थिति सिर्जना गर्न राज्यले ठोस कदम चाल्नुपर्नेपनि बताएका छन् ।

थापाले नियम, कानुन मात्र नभएर नियत र व्यवहारमा पनि उत्तिकै बदलाव आवश्यक रहेको औंल्याएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖