• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्यमा वृद्धि


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि आएको जनाएको छ । महासङ्घले आजको मूल्य सूची कायम गर्दै हिजो बुधवारको तुलनामा २०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम भएको जनाएको छ । जुन, हिजो बुधवार १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो । यो २० रुपैयाँको गिरावट हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖