• Thursday 8th of October 2026

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई प्रभावशाली सदस्य सन्दीप लामिछाने सन् २०२४ मा आयोजना हुने पाकिस्तान सुपर लिग (पीएसएल) टी—२० क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’ मा परेका छन् । प्रभावशाली लेग स्पिनर सन्दीपको नाम ‘प्लाटिनम समूह’ को सूचिमा परेको समाचारमा जनाइएको छ ।

‘प्लाटिनम समूह’ को सूचीमा परेका खेलाडीलाई कुनै टोलीले खरिद गरेमा एक लाख ३० हजारदेखि एक लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउने प्रावधान छ । सन्दीप विदेशी खेलाडीका रुपमा पाकिस्तान सुपर लिगको ‘ड्राफ्ट’ मा परेका हुन् ।

सन्दीपले यसअघि पनि पाकिस्तान सुपर लिग खेलिसकेका छन् । सन्दीपले यसअघि लाहोर क्वालन्डर्सबाट पाकिस्तान सुपर लिग खेलेका थिए । पाकिस्तान सुपर लिगको अगामी संस्करण सन् २०२४ को फेब्रुअरी १३ देखि मार्च १९ सम्म सञ्चालन हुनेछ ।

सन्दीपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम कुर्रन, न्युजिल्यान्डका जेम्स निसाम, दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका, वेस्ट इन्डिजका काइरन पोलार्ड, रोभमन पोवेल, रोमारियो सेफर्ड, ब्रान्डन किङ र कायले मायर्स पनि ‘ड्राफ्ट’ मा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖