• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

‘प्रचण्डले देशको इज्जत समाप्त पारे’: केपी ओली


  • धनकुटा खबर
  • .

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशको इज्जत समाप्त पारेको आरोप लगाउनु भयो।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको क्रममा बागलुङको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रघाती काम मात्रै गरेको आरोप लगाउनु भएको हो।

उहाँले भन्नुभयो,‘यो सरकारले स्वाधीनता कमजोर पार्छ। राष्ट्रिय हितको रक्षा गर्न सक्दैन।भूमिको बारेमा मुद्दा बोक्न सक्दैन। विकासको काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छ। तैपनि यो सरकार बसिरहेको छ।’

देश आर्थिक संकटसँग गुज्रिँदै गइरहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘सरकार गरैजिम्मेवार भएर इमान नभएर बसेको छ।नत्र राजीनामा दिएर हिँड्नुपर्ने हो। यो सरकारमा बसिरहन लाज नलागेर कसरी बसेको छ? अचम्म लागेको छ। देशको राजनीतिमा अस्थिरता र अराजकता बढेको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖