• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेल खरिद बिक्री प्रकरणलाई लिएर तातियो अनेरास्ववियु, सभामुख घिमिरेलाई बुझायो ज्ञापनपत्र


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख देवराज घिमिरेलाई भेटेर एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरले एनसेल शेयर खरिद विक्री प्रकरण रहस्यमय बनेको बताएका छन् ।

आज (बिहीबार) अनेरास्ववियुका कार्यवाहक अध्यक्ष गोविन्द गिरी नेतृत्वको टिमले सभामुख घिमिरेलाई सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भेटेर सो प्रकरणबारे संगठनको ध्यानाकार्षण भएको नजाएको थियो ।

सभामुख घिमिरले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖