• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय युवा संघले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ नेपालले सबै प्रदेशमा प्रदेश इन्चार्ज र सह इन्चार्ज तोकेको छ । विशेष सर्कुलर जारी गर्दै महासचिव सुमन पुरीले विभिन्न निर्णय सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय युवा संघले सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशका लागि इन्चार्ज र सह इन्चार्ज तोकेको छ । १११ सदस्यीय स्थायी कमिटी समेत तयार गरेको छ । जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको छ ।

आगामी पौष २१ गते देखी लगातार सात प्रदेश सात शनिवार सात सभा आयोजना गर्ने समेत जनाइएको छ । त्यसका लागि सात कमान्डर समेत तोकिएको छ। पौष २१ गते धनगढीबाट सुरु हुने अभियान माघ ६ गते झापामा टुङ्गाउने राष्ट्रिय युवा सङ्घको तयारी छ ।

विभिन्न विभाग र आयोगमा प्रमुख उपप्रमुख र सचिव नियुक्त गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖