एसिसी यू-१९ एसिया कपमा अहिले नेपाल र पाकिस्तानबीच खेल भइरहेको छ।
युएईको दुबईमा जारी खेलमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गरिरहेको नेपालले आठौं ओभरमा दोस्रो विकेट गुमाएको छ।
नेपालका आकाश त्रिपाठी ६ रनमा पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परेका छन्। त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच भएका थिए।
नेपालले ७.४ ओभरमा २ विकेट गुमाउँदा २५ रन जोडेको छ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, तिलकराज भण्डारी,आकाश त्रिपाठी, विपिन रावाल, दिपेश कडेँल, विशालविक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा, उत्तम थापामगर।
यू-१९ स्तरमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म पाँच खेल हुँदा पाकिस्तानले चार खेल र नेपालले एक खेलमा जित निकालेका छन्।
