• Thursday 8th of October 2026

३१ रन बनाउँदै आउट भए दिपेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटका रुपमा दिपेश कँडेल ३१ रन बनाउँदै आउट भएका हुन् ।

उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प्रहार गरे । दिपेश आउट हुँदा नेपालले ३३.४ ओभरमा एक सय १४ रन बनाएको छ । दीपेश र उत्तम मगरले नेपालका लागि ६८ रनको साझेदारी गरे । उत्तम ३६ रन बनाउँदै क्रिजमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖