• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

माल्टा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं- माल्टा पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन्।

धर्मेन्द्रले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख दश हजार रुपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारी सात लाख पाँच हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार ललितपुर महानगरपालिका-४ जावलाखेलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖