• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सांसद सिंहले दायर गरे सर्वोच्चमा रिट


  • धनकुटा खबर
  • .

काठमाडौँ । स्वतन्त्र सांसद अमरेसकुमार सिंहले एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

एनसेलको ८० प्रतिशत सेयर रहेको आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै उनले रिट दायर गरेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज विभिन्न ६ वटा निकायलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छु।’

रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖