• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एमालेको याद असाध्यै आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझदा पनि सम्झन्छुः झलनाथ खनाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूलाई नेकपा (एमाले) को याद असाध्यै आउने गरेको बताएका छन् ।

आज (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले कहिलेकाहीँ मध्यरातमा ब्युँझदासमेत एमालेलाई सम्झने गरेको बताएका हुन् । एमाले फुटाइनु दुर्भाग्य भएको उनको भनाई छ ।

‘असाध्यै याद आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझन्छु र एमाले सम्झन्छु ।

मैले रगत र पसिना बगाएको पार्टी हो, त्यसकारण म एमाले कहिल्यै बिर्सन सक्दिँन । नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले जुन भूमिका निभायो, त्यो मैलेमात्रै नबिर्सने होईन, यो देशले नै बिर्सन सक्दैन । तर, त्यही पार्टीलाई फुटाइयो, सबैभन्दा दुर्भाग्य भयो,’– उनले भने । F

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖