• Thursday 8th of October 2026

रोनाल्डोलाई प्रतक्ष्य हेर्न जापानका एक गभर्नरले जे गरे सबै चकित परे !


  • धनकुटा खबर
  • .

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खेल हेर्न जापानका एक गभर्नरले महत्त्वपूर्ण राष्ट्रिय बैठक नै त्यागेको खुलासा भएको छ। नागासाकी प्रिफेक्चरका गभर्नर केन्गो ओइशीले रोनाल्डो खेलेको हेर्न महत्त्वपूर्ण राष्ट्रिय बैठक त्यागेको खुलासा विभिन्न खेल मिडियाहरुले गरेका हुन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार ओशि जापानका गभर्नरहरूको बैठकमा भाग लिनुको सट्टा पेरिस सेन्ट जर्मेन विरुद्ध अल-नासरको मैत्रीपूर्ण खेल हेर्न गएका थिए।

ओइशीले खेलपछिको कार्यक्रममा पनि भाग लिए, जसमा क्रिस्टियानो रोनाल्डो पनि थिए। नागासाकीका गभर्नरले आफ्नै पैसाले टिकट किनेका थिए। यद्यपि, उनको यात्रा र आवास खर्च प्रिफेक्चुरल सरकारले बेहोरेको थियो।

प्रि-सिजन मैत्रीपूर्ण खेल ओसाका, जापानको नागाई स्टेडियममा भएको थियो। सो खेल पिएसजीले जितेको थियो। जापानी अखबार द असाही शिम्बुनका अनुसार ओशिले पोर्चुगिज फरवार्डलाई बैठकका लागि निमन्त्रणा पनि दिएका थिए तर आधिकारिक प्रतिक्रिया भने पाएनन्।

ओइशीले शक्तिको दुरुपयोग गरेको भन्दै जापानमा धेरैले उनको राजीनामाको माग गरिरहेका छन्। तर केहिले भने उनलाई समर्थन पनि गरिरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖