• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ– नेपाली बजारमा साताकाे पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा एक हजार ३०० रुपैयाँले घटेको जनाएको छ ।

महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖