• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रस्तावित न्यायाधीश सारङगा सुवेदीविरुद्ध आरतीका दाजुले पनि दिए उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ मंसिर । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध मृतक आरती साहका दाजु प्रेम साहले उजुरी दिएका छन् । आज (आईतबार) संसदीय सुनुवाइ समितिमा प्रेमले आरती हत्या प्रकरणमा जनकपुर उच्च अदालतमा हुँदा न्यायाधीश सुवेदी र किरणकुमार पोखरेलले प्रमाणको मुल्यांकन नगरी कसुरदारलाई साधरण तारेखमा छोडेको उल्लेख गरेका छन् ।

साथै, उनले न्यायाधीश सुवेदीविरुद्ध कार्य क्षमताको अभाव रहेको, निर्णय गर्दा आर्थिक लेनदेनमा संलग्न भएको र न्याय सम्पादन गर्ने क्रममा विवादैविवादले घेरिएको भनी आरोप लगाएका छन् । उनले न्यायाधीश सुवेदीको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन नगर्न समितिलाई आग्रह गरेका छन् ।

आजको सुनुवाइमा आरतीका बाबु विनोद साह, दाजु प्रेम साह र आमा निर्मला देवी साह लगायत सहभागी थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖