• Thursday 8th of October 2026

पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे ।

भारतले दिएकाे २ सय ६१ रनकाे लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायाे । पाकिस्तानका अजन अवैसले शतक बनाए । उनी १ सय ३० बलमा १ सय ५ रन बनाउँदै नट आउट रहे । यस्तै कप्तान साद बेगले नट आउट ६८ र शाहजैब खानले ६३ रन जाेडे । बलिङतर्फ भारतका मुरुगन अभिषेकले २ विकेट लिए ।

यसअघि दुबई आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनायाे । भारतका आदर्श सिंहले ६२, कप्तान उदय शहरनले ६० र सचिन दासले ५८ रन बनाए । बलिङतर्फ भारतका माेहम्मद जेशानले ४ तथा अमिर हसन र उबैद शाहले समान २ विकेट लिए ।

याे जितसँगै पाकिस्तान २ खेलमा ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । भारत उति नै खेलमा २ अङ्कसहित दाेस्राे स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖