• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जोगबनीमा नेपाली युवकमाथि गोली प्रहार


  • धनकुटा खबर
  • .

मोरङको विराटनगर नजिकैको भारतीय भूमिमा एक नेपाली युवकमाथि अज्ञात समूले गोली प्रहार गरेको छ।
विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार भएको हो। बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए।

‘उहाँलाई कसले र किन गोली हान्यो खुलेको छैन,’ डीएसपी दाहालले नेपालखबरसँग भने, ‘पाँच सात जनाको समूहमा रहेका व्यक्तिले आफूमाथि गोली प्रहार गरेको जानकारी उहाँले दिनु भएको छ।’

संग्रौलाको अवस्था खतरामुक्त रहेको दाहालले बताए। घटना भारतीय भूमिमा भएकाले घटनाको अनुसन्धान पनि भारतीय प्रहरीले नै गर्ने उनले बताए।

‘घटनाको अनुसन्धान हाम्रो क्षेत्राधिकारभित्र पर्दैन। हामी भारतीय प्रहरीसँग समन्वय गरेर दोषीलाई पक्राउ र कारबाहीको लागि पहल गर्नेछौँ,’ उनले भने। दैनिक उपभोग्य खाद्यवस्तु खरिदका लागि जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन्।गोली लागेर घाइते भएका संग्रौलालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी कोशी अस्पताल ल्याएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖