• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गगन सहभागी नहुने भएपछि शेखरले सारे इतरसमूहको भेला


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस संस्थापन इतरसमूहको भेला सरेको छ ।

नेता शेखर कोइरालाले भोलिका लागि आफू पक्षीय नेताहरुको भेला बोलाएका थिए । भोलिको बैडकमा महामन्त्री गगनकुमार थापा सहभागी नहुने निश्चित भएपछि शेखरले भेला सारेका हु्न् । भोलिका लागि तय भएको भेला बुधबारका लागि सारिएको छ ।

आज (सोमबार) साँझ पार्टी नेता अर्जुननरसिंह केसी, नेता कोइरालाबीच भएको छलफलमा गगनलाई पनि सहभागी गराएर बुधबारमात्रै बैठक बस्ने निर्णय भएको छ । आफूलाई जानकारी नदिई बैठक राखिएको भन्दै गगन नेता कोइरालासँग रुष्ट छन् ।

यता कोइरालाले बैठक बोलाइरहँदा गगन भने भोलि पार्टीको कार्यक्रममा सहभागी हुन बारा जाने तयारीमा थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖