• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले व्यापारीसँग घुस लिएको अमरेशको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रतिनिधिसधभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नामै किटेर भ्रष्टाचारको आरोप लगाएका छन् । दाहालले व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको सांसद सिंहको दाबी छ ।

‘प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दहालले कुन–कुन ब्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ’ सांसद सिंहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको छोरी तथा स्वकीय सचिव गंगा दाहाले व्यापारीसँग लिएको घुसको प्रमाण देखाउन माग गरेको छ ।

साेमबार कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग रकम बुझेको र त्यो सबै अडिओ तथा भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछिसबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनढेनमा संलग्न रहेको भनाई प्रति गम्भिर घ्यानाकर्षण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖