• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

लगातार घटिरहेको सुनको मूल्य आज मंगलबार झनै घट्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज मंगलबार झनै घटेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा झनै गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार छापावाल सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्यमा भने स्थिरता रहेको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबारदेखि १४१० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖