• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

डान्सबारमा ग्राहकलाई महिला कामदारसँग मापसे गर्न लगाई बढी बिल उठाएर ठगी


  • धनकुटा खबर
  • .

पोखरा । डान्सबारमा आउने ग्राहकलाई महिला कामदारसँग मापसे गर्न लगाई बढी बील उठाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ड्रागन डान्स बार र सेभेन स्टार डान्स बार ठगी कार्यमा संलग्न भएका हुन् ।

पक्राउ पर्नेमा ड्रागनका म्यानेजर पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय सागर गुरुङ र सेभेन स्टारका कर्मचारी २० वर्षीय प्रबिण खड्का रहेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले बढी बिल उठाउने मनसायले मादक पदार्थ सेवन गर्न लगाउने गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार उनीहरु दुवै जनालाई अभद्र व्यवहार मुद्धामा साथ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖