• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एमाले संकल्प यात्राको टोली आज धनकुटा प्रवेश गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २८ । नेकपा (एमाले) को ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को टोली आज धनकुटा प्रवेश गर्दैछ ।

मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु गरेको एमालेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित संकल्प यात्रा १५ औं दिनमा धनकुटा प्रवेश गर्न लागेको हो।

नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागले अहिले विहान ९ बजे संकल्प यात्राको टोलीलाई लेगुवामा फूलमालासहित स्वागत गरेर जिल्ला प्रवेश गराइने जनाएको छ । आज लेगुवा, पाख्रिबास, हिले, जोरपाटी र सिधुवामा कार्यक्रममा राखिएको छ ।

सिधुवाको कार्यक्रम सकेपछि दिउँसो वसन्तपुरमा धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा बृहत आमसभाको तयारी गरिएको छ । पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन हुने एमालेले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖