• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किराँत राई यायोख्खा धनकुटा अध्यक्ष उद्धवमणि राई प्रहरीको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्न खोजेको आरोपमा धनकुटाको लेगुवाबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले किराँत राई यायोख्खा धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङ, प्रदेश पहिचान संयुक्त संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

शान्ति सुरक्षाको दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले यातायात बन्द आह्वान गरेका छन् ।

१५ दिनअघि झुलाघाटबाट सुरू भएको समृद्धिका लागि संकल्प यात्रा भोजपुरबाट धनकुटा प्रवेश गरेको छ । आजै तेह्रथुम वसन्तपुरमा आमसभा हुँदैछ । सभामा कोशी प्रदेशका सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुमबाट नेता तथा कार्यकर्ता सहभागी हुँदैछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖