• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह– तीन विशेष काममा सहयोग गर्नोस्


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूले वाचा गरेअनुसार काम भइरहेको जिकिर गरेका छन् । साथै उनले तीन वटा विशेष काम गर्न बाँकी रहेकाले त्यसका लागि पहल गरिदिन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।

२९ औँ महानगर दिवसको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहले भने–‘हामीले वाचा गरेअनुसार महानगरपालिकाले काम गरिरहेको छ । ती कुरा सम्माननीय प्रधानमन्त्रीज्यूले र उपमेयरज्यूले पनि भनिसक्नुभयो । हामीले गरेको काम महानगर बासीले पनि देखिरहनुभएको छ । अझै तीनकुनेको मुआब्जाको समस्या, खोलाको समस्या र फोहोर व्यवस्थापन यी तीन विशेष काम गर्न बाँकी छ । आशा छ ती काम सम्माननीय प्रधानमन्त्रीज्यूले पहल गर्नुहुन्छ होला ।’

शाहअघि सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले महानगरपालिकाका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖