• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एमालेकाे संकल्प यात्रा आज पाँचथर पुग्दै, फिदिममा सभा गर्दै


  • धनकुटा खबर
  • .

काठमाडाैं । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानमा रहेकाे नेकपा एमालेकाे टाेली आज पाँचथर पुग्दैछ ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे १७औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे एमालेकाे टाेली तेह्रथुमबाट पाँचथरकाे फिदिम जान लागेकाे हाे ।

अध्यक्ष ओलीकाे जन्मथलाे तेह्रथुमकाे आठराई गाउँपालिका-१ स्थित संक्रान्ति बजारबाट १७औं दिनकाे यात्रा थाल्ने टाेली पाँचथरकाे फिदिम पुग्नेछ । पाँथथरकाे फिदिममा जनसभा आयाेजना गरिएकाे छ । साे जनसभालाई अध्यक्ष ओली लगायतले सम्बाेधन गर्नुहुने कार्यक्रम छ ।

संकल्प टाेलीले बिहीबार र शुक्रबार तेह्रथुममा बिताएकाे थियाे । संकल्प टाेली शुक्रबार साँझ अध्यक्ष ओलीकाे जन्मगाउँ आठराई गाउँपालिका-४ इवामा बास बसेकाे थियाे ।

अध्यक्ष ओलीकाे जन्मथलाेमा एमालेकाे समर्थनमा अभूतपूर्व सहभागिता थियाे । २ दिनसम्म गरिएका हरेक कार्यक्रममा विशाल जनलहर उर्लिएकाे थियाे । सिंगाे जिल्ला निक्कै उत्साहित देखिएकाे थियाे । ओली जन्मघर पुग्दा त झनै उत्साह देखिएकाे थियाे ।

उहाँ पुग्नासाथ सर्वसाधारण, स्थानीय र कार्यकर्ता घर वरीपरी झुम्मिएका थिए । उनीहरुसँग ओलीले त्यस क्षेत्रका समस्याबारे कुरा गर्नुभएकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖