• Tuesday 6th of October 2026

मंगोलियाको तापक्रम माइनस ४६.२ डिग्री सेल्सियस, जनजीवन अस्तव्यस्त


  • धनकुटा खबर
  • .

मंगोलिया । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो ।

बिहीवारदेखि पश्चिमी मङ्गोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ ।

देशका अन्य भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ । आगामी केही दिन अझै देशभर हिउँपर्ने क्रम जारी रहने अनुमान गरिएको छ ।

मौसम विभागले सम्भावित प्रकोपहरूबाट थप सावधानी अपनाउन आग्रह गरेको छ । –सिन्ह्वा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖