• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ओलीको जन्मघरको झ्यालमा राधिकाको पोज, यसरी खिचे श्रीमतीको तस्बिर !


  • धनकुटा खबर
  • .

काठमाडौँ । बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो जन्मजिल्ला तेह्रथुम पुगे । गृहजिल्लामा पुगेको समयमा उनले विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिसँग प्रत्यक्ष भेटघाट गरे भने जिल्लाका समस्या बुझ्ने कार्यक्रम पनि राखियो । कार्यक्रमहरुमा सहभागी हुँदै उनी शुक्रबार आफ्नो पुर्ख्यौली घरमा पनि पुगे ।

अध्यक्ष ओलीले आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघरमा रात नै बिताए । शनिबार बिहान अभियनका लागि पाँचथर पुग्नुअघि ओलीसहितका नेताहरुले घरलाई पृष्ठभूमि बनाएर फोटोसेसन गरे। । यस्तै ओलीले अभियानमै रहेको आफ्नी पत्नीको फोटो आफैले खिचिदिए । श्रीमती राधिकालाई घरको चोटाको झ्लाममा पोज दिन लगाउँदै ओलीले फोटो खिचिदिएका थिए । ओलीले राधिकाको फोटो खिचिदिँदा माहोल रमाइलो बनेको अभियानमा रहेका एक नेताले जानकारी दिए ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत क्षेत्रको विकासक सम्भावना बुझ्न अध्यक्ष ओलीको नेतृत्वमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिका लागि सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖