• Thursday 8th of October 2026

अल नासरका सीईओ भन्छन् – ‘हामी यस क्षेत्रको रियल म्याड्रिड हौँ’


  • धनकुटा खबर
  • .

एजेन्सी – साउदी क्लब अल नासरका सीईओ गुइडो फिएन्गाले अल नासरलाई क्रिस्टियानो रोनाल्डोको पूर्व स्पेनिस क्लब रियल म्याड्रिडसंग तुलना गरेका छन्।

एक कुराकानीका क्रममा फिएन्गाले आफ्नो क्लब आफ्नो क्षेत्रको रियल म्याड्रिड रहेको दावी गरेका हुन्। त्यसक्रममा उनले अल नासर विश्वव्यापी ब्रान्ड अगाडी बढिरहेको बताउन पनि छुटाएनन्।

“हामीलाई यस क्षेत्रको रियल म्याड्रिडको रूपमा लिने गरिन्छ। जसकारण धेरै अपेक्षाहरू छन्। हामी अन्तर्राष्ट्रिय ब्रान्ड बन्न चाहन्छौं र हाम्रो समर्थक बढ्दैछन्।”,फिएन्गाले भने।

फिएन्गाले विश्व फुटबल शिखर सम्मेलनमा बोल्दै रोनाल्डो साउदी फुटबलको मुख्य नायक रहेको र उनको साथमा देशको फुटबल थप विकसित हुन दावी पनि गरे।

रोनाल्डो लामो समय साउदी फुटबल परियोजनाको हिस्सा रहने फिएन्गाको भनाई छ। उनले भए,”क्रिस्टियानोले यस देशको फुटबल उद्योगको भविष्य निर्माण गर्दै हुनुहुन्छ। उहाँ यो परियोजनामा लामो समयसम्म रहनुहुनेछ। उहाँ आज एक नायक हुनुहुन्छ र भविष्यमा अझ बढी हुनुहुनेछ।”

अल-नासर निश्चित रूपमा साउदी अरबमा शीर्ष पक्षहरू मध्ये एक हो। अल नासर अहिले साउदी लिगको दोस्रो स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖