• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फेरि ह्वात्तै घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज ह्वात्तै सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २५० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाल १ लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको महासंघले जनाएको छ । शुक्रबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो । यससँगै, आज चाँदीको कारोबार प्रतितोला १४ सय ५५ रुपैयाँमा भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १४ सय ७० रुपैयाँमा थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖