• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मध्यपहाडी यात्राको अन्तिम दिन ओली पुगे हेलिकोप्टरमा


  • धनकुटा खबर
  • .

१ पुस, काठमाडौं । एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकोप्टर प्रयोग गरेका छन् ।

पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग गरेका हुन् ।

काठमाडौंबाट मगाइएको हेलिकोप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेको स्थानीय सन्चारकर्मी दिपक बोहराले जानकारी दिए ।

संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकोप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖