• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राजेन्द्र लिङ्देनको निचोड : राप्रपाको एजेन्डामा जनमत बढ्दै गएको छ


  • धनकुटा खबर
  • .

१ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए ।

राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्षसहित अध्यक्ष लिङ्देनले पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने बताएका छन् ।

लिङ्देनले सडक संघर्षलाई प्राथमिकता दिने कार्यनीति पार्टीले बनाएको बताए । ‘सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ।’

समान विचार भएकाहरुसँग एकताको सम्भावना लिङदेनले बैठकमा प्रस्तुत गरेका छन् । बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले वृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आज नै छलफल प्रारम्भ हुने राप्रपाले जानकारी गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖