• Thursday 8th of October 2026

लियोनले ५०० विकेट पूरा गरेको खेलमा पाकिस्तानमाथि अस्ट्रेलियाको सानदार जित


  • धनकुटा खबर
  • .

पाकिस्तानविरूद्धको पहिलो टेस्टमा अस्ट्रेलियाले ३६० रनको सानदार जित हात पारेको छ।

आइतबार पर्थमा चौथो दिनमै खेल जित्ने क्रममा ४५० रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानलाई अस्ट्रेलियाले ८९ रनमै अलआउट गर्‍यो।
दोस्रो इनिङ्गग्समा पाकिस्तानका लागि साउद सकीलले सबैभन्दा बढी २४ रन जोड्न सके।

बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र जोश हजलउडले ३-३ विकेट लिए। नाथान लियोनले २ विकेट हात पारे। २ विकेट लिएसँगै नाथान टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गर्ने तेस्रो अस्ट्रेलियन बलर बने।

अहिलेसम्म टेस्टमा नाथनसहित ८ खेलाडीले ५०० विकेट लिएका छन्। अस्ट्रेलियाका लागि यसअघि शेन वान र ग्लेन म्याग्राले ५०० विकेट पूरा गरेका थिए।

टेस्टमा सर्वाधिक विकेट लिने कीर्तिमान श्रीलंकाका मुथैया मुरलिधरनको नाममा छ। उनले ८०० विकेट लिएका थिए।

लियोनले ५०० विकेट पूरा गर्नुअघि अस्ट्रेलियाले दोस्रो इनिङ्ग्समा ५ विकेटको क्षतिमा २३३ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेको थियो। जसका कारण पाकिस्तानले ४५० रनको विशाल लक्ष्य पाएको थियो।

यसअघि पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४८७ र पाकिस्तानले २७१ रन जोडेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖