• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अध्यक्ष ओलीको दाबी : एमालेको यात्राले देश विकासमा खाका तयार भयो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई उत्साहित गरेको बताएका छन् ।

मंसिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को आइतबार पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा समापन गर्दै अध्यक्ष ओलीले संकल्प यात्रा राजनीतिप्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको दाबी गरेका हुन् ।

अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीको भनाइ थियो । यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको उनले बताए ।

ओलीले मध्य पहाड विकासको योजना बनाउन यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको दाबी गरे ।

उनले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिँदै संकल्प यात्रा समापनका क्रममा राष्ट्रिय झण्डा फहराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖