• Thursday 8th of October 2026

कुशल मल्ल, प्रतिश जिसीसहित राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडीलाई फिनिक्स कलेजको पूर्ण छात्रवृत्ति


  • धनकुटा खबर
  • .

पुस १, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टिमका उदयीमान ५ क्रिक्रेट खेलाडीहरुलाई फिनिक्स कलेजले पूर्ण छात्रवृत्ति दिने भएको छ।

कलेज नेटवर्कका निर्देशक राजु टण्डनले राष्ट्रिय टिमका ब्याट्सम्यान कुशल मल्ल, विवेक यादव, पवन शराफ, मौषम ढकाल र प्रतिश जिसीलाई ४ वर्षे बिबिए अध्ययनको लागि पूर्व छात्रवृत्ति प्रदान गरेको बताए।

निर्देशक टण्डनले राष्ट्रिय क्रिकेट खेलाडीहरुले खेल मैदानमा देखाएको प्रदर्शन, समर्पण र सीपलाई पुरष्कृत गर्न यो छात्रवृत्ति प्रदान गरेको र छात्रवृत्तिले खेलाडीहरूको खेलजीवन र शैक्षिक जीवनलाई जोड्ने विश्वास कलेजले लिएको बताए।

फिनिक्स कलेजले यस अघि राष्ट्रिय क्रिकेट टिमका कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, सूर्य तामाङ, भिम सार्कीलाई ४ वर्षे बिबिए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो। कलेजले खेलकुद मार्फत अन्तराष्ट्रिय जगतमा राष्ट्रलाई गौरवान्वित बनाएका खेलाडीहरुको शैक्षिक यात्रामा सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएको छ।

काठमाडौंको मैतीदेवीमा अवस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए. तथा वि.वि.ए. कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । हाल कलेजमा लिङ्कन विश्वविद्यालय अन्तर्गतका एमबीए, बिबिए, बिएचएम, एमसीएस र बिआइटी कार्यक्रम संचालित छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖