• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गठबन्धन सरकारका कारण नागरिक भाडाका सेना हुन विदेश छिरेः जिफन्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ७ लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाँदा देशमा १२ खर्ब मात्र रेमिट्यान्स भित्रिएको दावी गरेको छ । अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा जिफन्टले यस्तो दावी गरेको हो ।

आफ्नै केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले ‘नेपालको वैदेशिक श्रम सम्बन्धबारे फ्याक्टसिट’ सार्वजनिक गर्दै ४४ खर्ब ४८ अर्ब रेमिट्यान्स नेपाल भित्रिनु पर्नेमा १२ खर्ब मात्रै भित्रिएकोले हराइरहेको ३८ खर्ब हराइरहेको उपाध्यक्ष एवम् जिफन्ट विदेस विभाग रमेश बडालले बताए ।

जिफन्टले आज सार्वजनिक गरेको प्रतिवेदनमा यस आर्थिक वर्षमा ७ लाख ७१ हजार ३२७ नेपाली श्रमिकहरू बैदेसिक रोजगारीमा गएको उल्लेख छ । ‘गत वर्षको तुलनामा २१।२ प्रतिशतले वृद्धि भएको र यो वर्तमान सरकारप्रति निरास भएको परिणाम हो,’– उपाध्यक्ष बडालले बताए । उनले हराइरहेको ३८ खर्ब खोज्नेतरि सरकार सुतिरहेकोले खबरदारी गर्नुपर्ने बताए ।

जिफन्टले सरकारको विश्वास नहुँदा श्रमिकहरूले बिप्रेसन नपठाएको हुनसक्ने भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताएको छ । ‘कि त सरकारको विश्वास भएन कि त सरकारकै मिलेमतोमा हराएको रेमिट्यान्स सुन तस्करी र डिजिटल करेन्सीमा दुरूपयोग भइरहेको छ,’– बडालले भने ।

आज सार्वजनिक प्रतिवेदनमा विभिन्न ७७ देसका २० हजार श्रमिकहरूले श्रमस्वीकृति लिएर नेपालमा काम गरिरहेकाले नेपाल श्रमिक आयतक मुलुक बन्दै गएको उल्लेख छ । जिफन्टले रोजगारीका नाममा हाल नेपालीहरू भाडाको सेनाको रूपमा समेत काम गर्न तयार हुनु मुलुककै लागि लज्जाबोध भएको बताएको छ ।

प्रत्येक वर्ष प्रवासी श्रमिक सम्बन्धमा अध्ययन गरिएको तथ्याङ्क सार्वजनिक गर्ने गरेको जिफन्ट महासचिव लक्ष्मण शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । जिफन्ट नेकपा (एमाले) निकट मानिएको मजदुर सङ्गठन हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖