• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

त्रिविको दीक्षान्त समारोह हेर्न काठमाडौं आइपुगे गिनीज बुकका प्रतिनिधि


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ ।

त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले सोमबार हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

रजिष्ट्रार दाहालले भने, ‘हामीले विश्वमा एकै पटक ७३ हजार बढी दीक्षित गर्ने अरु विश्वविद्यालय छैन भन्ने हाम्रो दाबी हो । त्यो दाबी प्रमाणित भयो भने हामीले वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउँछौं ।’

त्रिविबाट दीक्षित हुने विद्यार्थी संख्या ७३ हजार बढी भए पनि सोमबार दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा प्रमाणपत्र बुझेर दीक्षित हुने विद्यार्थी संख्या भने साढे १२ हजार रहेको रजिष्ट्रार दाहालले बताए । विद्यार्थीको अभिभावकसहित सोमबारको समारोहमा करिब २८ हजार संख्यामा उपस्थित हुनेछन् ।

पुलचोक इन्जिनियरिङ कलेजमा हुँदै आएको दीक्षान्त समारोह यो वर्ष भने दशरथ रंगशालामा हुन लागेको हो ।

विद्यार्थी तथा अभिभावक गरेर करिब २८ हजार संख्या समारोहमा उपस्थित हुने र पुलचोकको मैदान सानो हुने भएकोले रंगशालामा समारोहको आयोजना गर्ने निर्णय भएको त्रिविले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖