• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

साइबर अपराधको शिकार हुनुभयो ? यसरी दिनुहोस् प्रहरी कार्यालयमा अनलाइन जाहेरी


  • धनकुटा खबर
  • .

काठमाडौं । यदि तपाईं आफू साइबर अपराधको शिकार हुनु भएको छ भने अनलाइनबाटै प्रहरी कार्यालयमा जाहेरी दिन सक्नुहुने छ । साइबर अपराध सम्बन्धी घटनाको जाहेरी दिँदा निश्चित ढाँचा प्रयोग गर्नुपर्छ ।

साथै पीडित र पीडकसँग सम्बन्धित यूआरएल लिङ्क, नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र, घटनाको विवरण र सम्बन्धित स्क्रिनशट/विवरणहरू समेत आवश्यक पर्छ । तपाईंले निवेदनको ढाँचा यहाँ क्लिक गरी पाउन सक्नुहुन्छ ।

एडोबी एक्रोबेट जस्ता सफ्टवेयर प्रयोग गरी अथवा प्रिन्ट गरेर तपाईंले उक्त फाराममा विवरण भर्न सक्नुहुन्छ । नेपाल प्रहरीका अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरू यस प्रकार छन्:

पीडित र पीडकसँग सम्बन्धित यूआरएल आईडी लिङ्क

नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमती पत्र) को प्रतिलिपी (दुवै तर्फको स्पष्ट बुझिने गरी)

बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी

घटना सम्बन्धी माध्यम/सञ्जाल र छोटकरी विवरण

ढाँचा बमोजिम स्पष्ट बुझिने गरि भरेर दस्तखत गरिएको निवेदन

घटनासँग सम्बन्धित Screenshot हरू

घटनासँग सम्बन्धित अन्य विवरणहरू

अब माथि उल्लेखित विवरणहरू भरेपछि तपाईंले साइवर ब्युरो, भोटाहिटीको इमेल cyberbureau@nepalpolice.gov.np मा निवेदन पठाउनुहाेस् । अथवा नजिकको जिल्ला प्रहरी कार्यालयमा गई लिखित निवेदन दिन सक्नुहुनेछ । यो बीचमा तपाईंलाई कुनै समस्या भए ०१-५३१९०४४ अथवा ९८५१२८६७७० मा समेत कल गर्न सक्नुहुन्छ ।

-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖