• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नेपाल बैंकको सीईओका लागि कार्यवाहक सीईओ समता पन्तसहित ५ जनाको सर्ट लिस्ट सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं,२ पुस । नेपालको बैंकिङ्ग क्षेत्रको सबैभन्दा अग्रणी संस्था नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका छन्।

सर्ट लिस्टमा परेका ५ जनाको अन्तर्वार्ता यही बुधबार हुने भएको छ। सीईओ नियुक्ति सिफारिस समितिले सार्वजनिक गरेको सर्ट लिस्टमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका छन्। समति बैंकको निमिक्त प्रमुख कार्यकारी अधिकृत हुन् । तत्कालीन सीईओ कृष्णप्रसाद अधिकारी गत असोज १४ गते आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि समताले नै कायममुकायमको जिम्मेवारी सम्हादै आएकी थिईन् ।

पौडेल र पाण्डेयको अन्तर्वार्ता पुस ४ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ। गौतम, पौडेल र भट्टको भने बुधबार दिउँसो ४ देखि ७ बजेसम्म हुनेछ। बैंकले असोज २१ गते सीईओका लागि आवेदन माग गरेको छ।

नेपाल बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए। आवेदन दिएका १९ जनामध्ये सर्ट लिस्टमा ५ जना छनोट भएका भएका हुन्।

नेपाल बैंकको सीईओको लागि यी हुन आवेदन दिने १९ जना सीइओको लागि बैंकले असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए।

जसमा अशोक कुमार पौडेल,विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त,राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖