• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गुल्मीमा १० दिनअघि हराएका बालक जंगलमा मृत भेटिए


  • धनकुटा खबर
  • .

२ पुस, गुल्मी । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते घरबाट हराएका बालकलाई खोज्ने क्रममा घर नजिकैको गगनगैरा भन्ने जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेसहितको टोली घटनास्थलतर्फ गएको छ ।

बालकको घर नजिकै जंगल रहेको प्रहरीले जनाएको छ । बालक दृष्टिविहीन रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖