• Thursday 8th of October 2026

च्याम्पियन्स लिगको अन्तिम १६ को तालिका सार्वजनिक, कसले कोसँग खेल्छन् ?


  • धनकुटा खबर
  • .

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को तालिका सार्वजनिक भएको छ ।

आज साेमवार सार्वजनिक भएको तालिकाअनुसार पोर्टोले आर्सनलसँग खेल्नेछ । यस्तै नापोलीले बार्सिलोनासँग, पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले रियल सोसिडाडसँग र इन्टरमिलानले एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

यस्तै पीएभीले बोरुसिया डर्टमुन्डसँग, लाजियोले बार्यन म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपजिगले रियल मड्रिडसँग खेल्नेछन् ।

च्याम्पियन्स लिगका अन्तिम १६ का खेल आउँदो जनवरी १३ तारिखदेखि शुरु हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖