• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन, युक्रेनमा चार जना बन्दी


  • धनकुटा खबर
  • .

काठमाडौं । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको निधन भएको छ । परराष्ट मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको निधन भएको हो । हालसम्म रुसी सेनामा भर्ती भएका छ जना नेपालीको निधन भएको परराष्ट मन्त्रालयलले जनाएको छ ।

निधन भएका नागलको स्थायी ठेगाना भने खुलाइएको छैन । साथै, युक्रेनमा चार नेपाली नागरिकलाई बन्दी बनाइएको र उनीहरुको रिहाइका लागि कूटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार युक्रेनमा नेपाली नागरिक विवेक खत्री, विकास राई, सिद्धार्थ ढकाल र प्रतीक पुन बन्दी बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖