• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पूर्व सांसद शाहलाई कमल थापाले बनाए उपाध्यक्ष


  • धनकुटा खबर
  • .

६ पुस, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।

शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖