• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र सिफारिस गर्न माओवादीको निर्देशन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारहरूको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । हिजो बसेको पदाधिकारी बैठकपछि संस्थागतरूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्नको लागि सर्कुलर पठाएको हो ।

सर्कुलमा भनिएको छ, ‘राष्ट्रियसभा निर्वाचनको लागि सबै प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीनजनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनू ।’

आगामी माघ ११ गते हुने निर्वाचनलाई पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ । माओवादीले राष्ट्रियसभामा निर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने तयारी गरेको छ । यद्यपि, २० सीटमा हुने निर्वाचनमा अहिलेसम्म गठबन्धनमा भागबण्डा मिलिसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖