• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मानव धर्म सेवा समितिले गर्‍यो भूकम्पपीडितलाई राहत वितरण


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका निम्ति राहत सामग्री वितरण गरेको छ ।

जाजरकोटको भेरी नगरपलिका–१ र ३ का झन्डै १८ सय र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१ र २ का ८०० घरधुरीलाई ६० लाख रुपैयाँबराबरको राहत सामग्री वितरण गरिएको हो ।

Agni Group
तिहारमा देउसीभैलो खेलेर संकलित र समितिमा आबद्ध व्यक्तिहरूबाट उठाइएको रकमबाट राहत सामग्री वितरण गरिएको मानव धर्म सेवाका उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

भूकम्पपीडितका निम्ति जाडोबाट जोगिन ब्ल्यांकेट र चामल, तेल, दाल, चिउरालगायत खाद्यसामग्री वितरण गरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖