• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री – मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिन्छु


  • धनकुटा खबर
  • .

शशिधर पराजुली /मिक्लाजुङ, पुस ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिने बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा (माओवादी केन्द्र) मिक्लाजुङ –५ ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

निरन्तरतामा क्रमभङ्ग गर्ने आफ्नो विशेषता भएको चर्चा गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका उहाँले सरकारले एक वर्ष पूरा गरेपछि नयाँ ढंगले अगाडि बढ्ने बताउनुभयो । “म निरन्तरतामा क्रमभङ्ग गर्छु, सरकारले १० गते एक वर्ष पूरा गर्दैछ । ११ गते बाटै नयाँ ढंगले काम सुरू गर्ने तयारीमा छु” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

कतिपय मन्त्रालयका मन्त्रीले ठिकसँग काम गर्न नसकेको भन्दै उहाँले मन्त्री फेरेर कामलाई गति दिने बताउनुभयो । प्रधानमन्त्रीले स्थानीय जनताको माग बमोजिम सडक तथा खानेपानीका विभिन्न तीन योजनाका लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । दूध किसानहरूको बक्यौता भुक्तानी चाँडै गर्ने विश्वास पनि उहाँले दिलाउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖